२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिम रोयल्सले दियो काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको हो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो ।

ओपनर विनोद भण्डारी र ब्रान्डोन म्याकमुलेनले ८६ रनको साझेदारी गरे । म्याकमुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा साहब आलमको हातबाट क्याच आउट हुन पुगे ।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के । २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए ।

काठमाडौंका लागि रासिद खानले दुई विकेट लिए । करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक–एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट