मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पोखराविरुद्ध तीन विकेट लिएका ललित भन्छन् : टिमले दिएको भुमिकाअनुरूप बलिङ गरेको छु

पोखराविरुद्ध तीन विकेट लिएका ललित भन्छन् : टिमले दिएको भुमिकाअनुरूप बलिङ गरेको छु

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भुमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताएका छन् । जितपछि उनले प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर बलिङ गर्ने गरेको र यसलाई आफूलाई मद्दत पनि मिलेको बताए ।

आफ्नो टोलीको राम्रो नतिजा आउँदा खुशी रहेको र आफ्नो प्रदर्शनमा पनि निरन्तरता दिने उनको विश्वास छ । टोलीमा एकआपसमा प्रोत्साहन गरिरहँदा खेल्न सहज पनि भएको उनी बताउँछन् । विदेशी खेलाडीले पनि एकअर्कालाई साथ दिइरहेको उनले उल्लेख गरे ।

ललितले कहिले कहीँ सोचेअनुरूप नतिजा नआउने र त्यसैले पनि आज कप्तान अनिल साहका लागि सहज नभएको बताए । प्रशिक्षक पुबुदु दसानायकेलाई घरेलु र एसोसिएट क्रिकेटरबारे राम्रो जानकारी भएकाले पनि सबै खेलाडीलाई खेल्न सहज भएको उल्लेख गरे ।

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०–२५ रन कम भएको बताए । जनकपुर बोल्ट्सँग हारपछि पोखराका कप्तान कुशलले टसका कारणभन्दा पनि लक्ष्यमा कम भएको उल्लेख गरे । उनले दुई खेलमा हार भएपनि आगामी पाँच खेलमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

यी खेल जितेमा आगामी बढ्ने उनको भनाइ छ । घरेलु र विदेशी खेलाडी पनि युवा रहेको उनको भनाइ छ । आफ्नो पनि प्रदर्शन नहुनुले कठिन नै भएको उनी बताउँछन् । कुशलले आफूले जति लामो इनिङ खेल्यो टिमका लागि त्यति नै राम्रो हुने बताए । पावर प्लेमा योजनाअनुरूप नै बलिङ गरेको उनले उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend