शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनपिएलमा आज : कर्णाली याक्स र चितवन राइनोज्, लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्दै

एनपिएलमा आज : कर्णाली याक्स र चितवन राइनोज्, लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिगमा आज शुक्रबार पनि दुई खेल हुँदै छन्।

पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज् भिड्नेछन्। दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो १ बजे हुनेछ।

कर्णाली याक्स जितविहीन छ। दुई खेल खेलेको कर्णाली जनपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग पराजित भएको हो ।

पोखरा एभेन्जर्सले पनि यसअघि खेलेका दुवै खेलमा पराजय ब्यहोरेको छ । पहिलो खेल चितवन राइनोजसँग र दोस्रो खेल जनकपुरसँग पराजित भएको हो ।

कर्णालीमा सोमपाल कामी, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल र पोखरामा कुशल भूर्तेल मार्की खेलाडी छन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend