२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवनले कर्णालीलाई दियो १३१ रनकोे लक्ष्य

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज बिहान भएको पहिलो खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनायो ।

चितवनका रवि बोपाराले अर्धशतक पूरा गर्दै ५९ रन बनाए ।

कप्तान कुशल मल्ल २३, बिपिन रावल ११ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड सकेनन् ।

बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट