२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कर्णाली याक्सले निकाल्यो पहिलो जित, चितवन राईनोज ६ विकेटले पराजित

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको पहिलो खेलमा चितवन राईनोजलाई कर्णाली याक्सले ६ विकेटले हराएको छ ।

सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा जित निकालेको हो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।

त्यस्तै, बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट