२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोहितको उत्कृष्ठ ब्याटिङसँगै लुम्बिनी लायन्सले पोखरा एभेन्सजर्सलाई दियो १७१ रनको लक्ष्य

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगमा आज शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्सजर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

आज टीयु मैदानमा भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्सजर्सलाई १७१ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले विष्फोटक ब्याटिङ गरे । चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे । रोहित ९५ रनमा रनआउट भए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे ।

त्यस्तै, पोखराका लागि विपिन खत्रीले २ र म्याथ क्रिट्लेले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट