२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीन देशको सुन्तला महोत्सव कोलकातामा शुरू

शुक्रवार , मंसिर २१, २०८१

कोलकाता । पश्चिम बंगालको कोलकातामा शुक्रबार देखि छैठौं सुन्तला महोत्सव सुरु भएको छ। नेपाल, भारत र भुटानका सुन्तला उत्पादकहरूका लागि यो महोत्सव महत्त्वपूर्ण अवसर बनेको छ।

‘सिटी अफ जोए’ कम्पनीद्वारा आयोजित यस महोत्सवमा तीन देशका कृषि उत्पादनहरू प्रदर्शन गरिएका छन्। ग्रामीण पर्यटन प्रवर्द्धनका अगुवा राज बासुले महोत्सवले तीन देशबीचको सम्बन्ध विकासमा टेवा पुर्याउने आशा व्यक्त गरेका छन्।

No description available.

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमको आयोजनामा हुने यो द्विवार्षिक महोत्सवको उद्घाटन पश्चिम बंगालका बरुणयन्त्र मन्त्री राजीव बोसले गरेका थिए।

उनले महोत्सवले तीन देशबीच भाइचारा र सद्भाव बढाउने विश्वास व्यक्त गरे।

कोशी प्रदेश सरकारको भ्रमण वर्ष २०८२ का लागि यो महोत्सव महत्त्वपूर्ण मानिएको छ। पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले यसले लाखौं भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने बताएका छन्।

No description available.

महोत्सवमा नेपालका विभिन्न जिल्लाहरूका सुन्तला, अलैची, एभोकाडो, किवी, बेलिचन लगायतका स्थानीय उत्पादनका स्टल राखिएका छन्।

कोलकाताको सल्टलेक सिटी सेन्टरमा तीन दिनसम्म चल्ने यस महोत्सवमा नेपालका २ सय जना होटल, होमस्टे व्यवसायी, किसान र कलाकारहरू सहभागी भएका छन्।

No description available.

महोत्सवमा नेपाली सुन्तला र अन्य फलहरूप्रति बंगाली ग्राहकहरूमा ठूलो चासो देखिएको छ। धनकुटाका किसान जितेन्द्र राईले एभोकाडोको जुसले बंगाली ग्राहकहरूमा लोकप्रियता पाएको बताए। एक बंगाली ग्राहक मृत्युनजय कानुङ्गोले नेपाली सुन्तलाको स्वादप्रति आफ्नो मोहित भएको उल्लेख गरे।

No description available.

महोत्सवमा कोशी प्रदेशका पाथीभरा, चतरा, हलेशी लगायतका पर्यटकीय र धार्मिक स्थलहरूको प्रवर्द्धन पनि गरिएको छ। नेपाल प्रतिनिधि अर्जुन कुमार कार्कीले बंगाली पर्यटकहरूलाई कोशी प्रदेश भ्रमण गर्न आह्वान समेत गरेका छन्।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ