२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ट्रेन्डिङमा उक्लियो रोशन गैरे र समिक्षा अधिकारीको गीत ‘भने जस्तो भाछैन’

शनिवार , मंसिर २२, २०८१

सुनिल न्यौपाने, स्याङ्जा (चापाकोट) । सार्वजनिक भएको ७२ घण्टा नबित्दै लोकदोहोरी गीत ‘भने जस्तो भाछैन’को म्यूजिक भिडियो यो समाचार तयार हुँदासम्म युट्युब ट्रेन्डिङको नम्बर २४ मा उक्लेको छ । बुधबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ बढने क्रममा छ ।

गायक रोशन गैरे र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक गैरेसँगै कलाकार रोशनी कार्की, चन्द्र बहादुर थापा(सानू), पिताम्बर गैरे र सागर पगेनीको अभिनय छ । गीतमा गायक गैरेकै शब्द र सङ्गीत छ ।

भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन् । गायक गैरेको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा धेरै दर्शकले प्रतिक्रिया दिएका छन् भने उत्तिकै मात्रामा ‘लाइक’ समेत गरेका छन् ।

अहिलेको समयमा धेरैजसो युवतीहरु अमेरिका र अष्ट्रेलिया गएका युवाहरू प्रती आकर्षित हुने गरेको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त टुक्कालाई बीचबीचमा बिरक्त शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै युवा पात्रले आफ्नो पुर्खाको जग्गाजमिन भएपनी खेतीपाती गर्न बढी खर्च लाग्ने तर आम्दानी कम हुदा कृषि पेसा गरेर घरखर्च चलाउन समेत गार्‍हो भएको साथै अचेल गाउँघरका जग्गाजमिन बाझो रहेको कुरा बताउन खोजेका छन्।

“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक गैरेले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक गैरेले गायिका अधिकारीसँग धेरैपटक सहकार्य गर्दै आएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ बेल्चौरमा जन्मिएका गायक गैरेको यसअघि ‘गैरी खेतैमा’, ‘धन्नै बाघले खाएन’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।

गैरेको यस अगाडी सार्बजनिक सार्वजनिक लोकदोहोरी गीत ‘गैरी खेतैमा’ युट्युबमा अहिलेसम्म ७३ लाखभन्दा बढी पटक हेरिएको छ । गैरे गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन्। यस गितमा नेपालमा मास्टर डिग्री पास गरेर पनि नेपालमा पस्ने बाताबरण नरहेको बताउन खोजिएको छ। पढेलेखेका युवायुवतीहरुले नेपालमा जागिर गरेर घरखर्च समेत चलाउन नसकेर बिदेश गएको कुरा देखाउने प्रयास गरिएको छ।

भिडियो :

https://youtu.be/retpUMVX_Js

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट