२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कैलालीबाट १ करोड भन्दा बढीको सुन, चाँदी र नगद सहित ३ जना पक्राउ

आइतवार , मंसिर २३, २०८१

काठमाडौँ । कैलाली जिल्लाको भजनि नगरपालिका ५ कौवाखेडा सीमा ईलाकाबाट प्रहरीले १ करोड रुपैयाँ भन्दा बढिको सुन, चाँदी, नगद तथा अन्य सामानसहित ३ जनालाई पक्राउ गरेको छ ।

शनिबार सो मूल्य बराबरको सामान जफत गरेको हो । सुर्खेत चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका १ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल , विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा सहित नियन्त्रणमा लिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट