आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

हुम्ला र डोटीमा हिमपात (तस्बिरहरु)

हुम्ला र डोटीमा हिमपात (तस्बिरहरु)

हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको हो । तस्बिर : दाने बोहरा / रासस

सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ ।

मौसममा आएको फेरबदलका साथै आइतबार दिउँसो हावाहुरी सुरु भएपछि गए त्यहाँ रातिदेखि हिमपात सुरु भएको हो ।

सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् ।हिमपातसँगै चिसो बढेको छ ।

यसैगरी डोटीमा पनि हिमपात भएको छ । डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend