शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सीजी इलेक्ट्रोनिक्सले ल्यायो निशुल्क एनपिएल टिकट जित्ने सुनौलो अफर

सीजी इलेक्ट्रोनिक्सले ल्यायो निशुल्क एनपिएल टिकट जित्ने सुनौलो अफर

काठमाडौं । नेपालमा अहिले नेपाल प्रिमियर लिग (एनपिएल) को क्रिकेट माहोलले नयाँ उचाई लिइरहेको छ । यो उत्साहलाई अझ बढाउन सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक अफर ल्याएको छ।

सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकहरूले लक्की ड्र मार्फत निशुल्क एनपिएल टिकट जितेर किर्तिपुर स्थित क्रिकेट स्टेडीयममा प्रत्यक्ष खेल हेर्ने मौका पाउने छन्।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन्। यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, हीटर, गिजर, भ्याकुम क्लिनर, प्रेशर कुकर, आयरन, कफी मेकर आदि उपलब्ध गराउँछन्।

यो विशेष अभियानले उत्कृष्ट उत्पादन खरिद गर्नका साथै क्रिकेटको प्रत्यक्ष मज्जा लिनको अवसर पनि प्रदान गर्दछ।

“हाम्रा ग्राहकहरूको खुशी हाम्रो पहिलो प्राथमिकता हो। यो अभियानले ग्राहकहरूलाई उत्कृष्ट मूल्यका साथ क्रिकेटको राष्ट्रव्यापी जोशलाई मनाउने अनौठो अवसर दिन्छ,” सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने। र आगामी दिनहरुमा पनि नेपाली खेल जगतलाई सपोर्ट गर्दै यस्तै योजनाहरुलाई निरन्तरता दिने वाचा गरे।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend