बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पर्सामा रविको बयान सकियो

पर्सामा रविको बयान सकियो

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । उनीसँग पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका हुन् ।

पर्सामा सोध्नुपर्ने प्रश्नहरू पहिल्यै तयार भएको थियो । मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका हुन् । यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।

पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ ।

प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान लिएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend