बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पर्सामा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

पर्सामा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका सभापति लामिछानेलाई आज पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा पुर्‍याइएको हो ।

रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।

बुधबार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिएको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो ।

लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend