२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साइबर अपराध कसुरमा दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो ।

ब्युरोले उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो । त्यसअनुसार सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट