२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीको माग

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।

सभापति लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ ।

प्रहरीले सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको हो ।

लामिछानेको म्याद थप गर्नेबारे कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा बहस भइरहेको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट