आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले भने सभापति लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

प्रहरीले सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर अदालतले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend