२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

बिहिवार , मंसिर २७, २०८१

कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले भने सभापति लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

प्रहरीले सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर अदालतले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट