सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

धरौटी बुझाएर निस्केका दुर्गा प्रसाईं अदालतबाटै फेरि पक्राउ

धरौटी बुझाएर निस्केका दुर्गा प्रसाईं अदालतबाटै फेरि पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।  साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी पक्राउ गरेका हुन् ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश गरेको थियो ।

धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान जारी रहेको छ ।

आपराधिक समूहका नाममा विभिन्न व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend