२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

सोमवार , पौष १, २०८१

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । सभापति लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीन वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रतिवेदनमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रवि पक्राउ परेको ६०औं दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको हो । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ ।

सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोहि दिन पोखरा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट