२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रविको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु : गृहमन्त्री

बिहिवार , पौष ४, २०८१

चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताए । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उनले हुने बताए ।

सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट