२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

‘विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो’

बिहिवार , पौष ४, २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले बुधबार एक अनलाइन न्युजपार्टलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ ।

भारतसँगको मुलुकको युगौँ पुरानो मित्रवत् सम्बन्धलाई राजनीतिसँग जोडेर प्रायोजित योजनाअनुरुप पूर्वाग्रहका साथ भ्रामक, असत्य र कपोलकल्पित समाचार प्रकाशन गरेकामा उक्त मन्त्रालयले त्यसको भत्र्सना गरेको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार प्रकाशन एवं सम्प्रेषण गर्ने, गर्न उक्साउने, जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सुक्खा महिनाहरुमा नेपालका जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादन घट्न गई भारतबाट विद्युत् आयात गरी यहाँको विद्युत् माग–आपूर्तिको सन्तुलन मिलाइँदै आएकामा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत् भारतको आफ्नै विद्युत् माग बढी भएका कारण ‘पिक आवर’मा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत् व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित द्विपक्षीय सम्झौता (पिपिए)मार्फत वा बिड आह्वानमार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गत विद्युत् आयातका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गर्नसक्ने र त्यसरी विद्युत् आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट