logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेसनल माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश दिने घोषणा

    नेसनल माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश दिने घोषणा

    6.9K
    Shares

    काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । पुस १९ गते आइबार बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७६/७७ को को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

     

    कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २१ प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

     

    कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend