२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निकोलस भुसाल रिहा

सोमवार , पौष ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् । उनी आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले भुसाललाई काठमाडौंको थलीबाट पक्राउ गरेको थियो ।

सोमबार बिहान उनलाई पोखरा लगिएको थियो ।

उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसअघि भुसालले फेसबुक लाईभमार्फत लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए । उनले रविलाई भेट्न जाँदा बाहिर निस्कने क्रममा रविको फोटो आफूले खिचेको बताएका थिए ।

भुसालले रविलाई भेटेर फर्किदा सिसिटिभीमा रविलाई सुतेको अवस्थामा देखेपछि जनतालाई पनि उनको अवस्थाबारेमा जानकारी दिउँ भनेर फोटो खिचेको फेसबुक लाइभमार्फत जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट