शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोराले गरे आत्मसमर्पण, हत्या गरेको स्वीकार

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोराले गरे आत्मसमर्पण, हत्या गरेको स्वीकार

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् ।

बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित उनको खोजी गरिरहेको थियो ।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय आचार्य र उनका २२ वर्षीय छोरा प्रवीणको शव फेला परेको थियो भने जेठा छोरा मिलन कोठामा थिएनन् ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ । उनले आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकार गरेको स्रोतको भनाई छ ।

यो पनि :

भक्तपुरमा हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला, जेठा छोरा सम्पर्कविहीन

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend