२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सूर्यदर्शन सहकारी प्रकरण : रविसहित ७ जनाको बयान सकियो, थुनछेक बहस सुरु

मंगलवार , पौष १६, २०८१

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको हो ।

बयान सकिएसँगै थुनछेक बहस सुरू भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइएको हो ।

सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट