काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आज बिहान एफपीओ बाँडफाँट गरेको छ ।
पुस ५ गतेदेखि पुस ९ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बिहान बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको शेयर ४७ हजार ५ सय ३५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।