२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सर्वसाधारणका लागि खुल्ला, कति दिने आवेदन ?

आइतवार , पौष २१, २०८१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणमा बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेका हो। यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्नेछ।

यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कस्तो छ रेटिङ ?

रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार