logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला

    मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला

    357
    Shares
    मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला

    मुगु । मुगुको खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला लागेको छ । जिल्लाको पश्चिम खत्याड गाउँपालिाकामा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा खत्याड गाउँपालिाकाका स्थानीय कृषकहरुले आफनो खेत गडामा उत्पादन गरिएका रैथाने कृषि बीउविजन प्रदर्शनी गरेका छन् ।

    शनिबार खत्याड गाउँपालिका–११, लुई, रातापानीमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा ऐँचोपैँचो कार्यक्रमले स्थानीय कृषकहरुलाई कृषि उत्पादनमा उत्साह थपेको छ ।

    खत्याड बहुउदेश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आयोजनामा सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोगमा र खत्याड गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको किसानले बताएका छन् ।

    खत्याड गाउँपालिका वडा नं ८, ९, १०, ११ का सहभागी किसान तथा कृषक समूहहरुले आफूले उत्पादन गरेका समुदायमा पाइने रैथाने बीउ एक सयदेखि ४९० जातका कृषि सामग्री प्रर्दशनीमा राखेका थिए । मेलामा ९ वटा रैथाने बीउको स्टलमार्फत राखिएको थियो ।

    रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खत्याड गाउँपालिकाको रातापानीमा मेला प्रदर्शनी गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले बताए ।

    किसानहरुलाई यस्ता मेलामार्फत स्थानीय बाली प्रयोग गर्न कृषि उत्पादनमा जोडदिनुका साथै कृषि क्षेत्रको प्रर्वधनमा सहयोग पुग्ने उनको भनाइ छ ।

    पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । स्थानीय कृषि बीउ मेलाले स्थानीय बीउ र स्थानीय बाली संरक्षणमा ठूलो टेवा पुग्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।

    उनले खत्याड गाउँपालिका क्षेत्रभित्रको कृषी सामग्री बजारसम्म बजारीकरणका लागि कृषि एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

    खत्याड गाउँपालिका कृषी क्षेत्रका लागि मुलधार पनि हो । कृषिमा लगानी गर्ने र कृषी क्षेत्रमा बढवा दिने गैरसरकारी संस्थासँग हातेमालो गरेर यस क्षेत्रमा रैथाने बाली र बीउविजनको जर्गेना र संरक्षणसमेत गरिने खत्याड गाउँपालिाकाकी उपाध्यक्ष सरीता रोकायाले बताइन् ।

    स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा सहभागी किसानहरुले यस्ता कार्यक्रम हरेक वर्ष राख्न आग्रह गरेका छन् । यस्ता कार्यक्रमले कृषी क्षेत्रमा लागेका कृषकहरुलाई हौसला हुने भएकाले हरेक वर्ष यस्ता मेलाको आयोजना गर्न माग गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend