२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर

आइतवार , पौष २१, २०८१

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

राजधानीको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको हो ।

आइतबार बचतकर्ताले राखेको रकम अनियमितता भएको जिकिरसहित जम्मा ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामालगायतलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादी बनाइएका लामिछानेसहित ३९ जनालाई ७ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट