logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

    जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

    434
    Shares
    जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँका दरले ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

    उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend