मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्यानल डिस्कसन :

तस्बिरमा हेर्नुहोस् सुनौलो नेपालको कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’

तस्बिरमा हेर्नुहोस् सुनौलो नेपालको कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’

पोखरा । सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन कार्यक्रम पोखरामा सुरु जारी छ । सुनौलो नेपाल अनलाइन प्रालिले त्यहाँको सम्भावना खोजी र भावी योजना लगायत विषयमा केन्द्रित रहेर आज शुक्रबार डिस्कसन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथिमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे रहेका छ्न् । ग्लोबल आइएमई बैंक र रारा चाउचाउ मुख्य प्रायोजक रहेको कार्यक्रम अन्तर्गत ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ शीर्षकमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आफ्नो धारणा राखिसकेका छन् । उनले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा प्रशस्त तरलता हुँदा पनि लगानी हुन नसक्नुमा आम नागरिकमा आत्मविश्वासको कमी रहेको बताएका छन् ।

कार्यक्रम पोखराको माउन्ट कैलाश रिसोर्टमा जारी रहेको छ । कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend