सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चलचित्र ‘पीताम्बर’को टिजर सार्वजनिक

चलचित्र ‘पीताम्बर’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै खुशीको महशुस गरेको बताइन् ।

उनले चलचित्र धेरै नै राम्रो बनेको बताइन् । कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा नै धेरै राम्रो रहेको र काम गर्दा पनि त्यत्तिकै राम्रो महशुस गरेको बताइन् ।

अभिनेता प्रदीप खड्काले चलचित्र सोचेको भन्दा धेरै नै राम्रो रहेको दाबी गरे । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ ।

सुमन गौतम कार्यकारी निर्माता रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् । चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend