मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

विराटनगरमा लागेको बाक्लो हुस्सु (तस्बिरहरु)

विराटनगरमा लागेको बाक्लो हुस्सु (तस्बिरहरु)

काठमाडौँ । कोशी प्रदेशको राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

हुस्सु लागेसँगै बिहानैदेखि विगतका दिनभन्दा बढी चिसो महसुस भएको छ ।

हुस्सुले नजिकका दृष्य पनि देख्न मुस्किल परिरहेको छ । सडकमा अरु दिनको तुलनामा सवारी साधन कम चलेका छन् ।

हुस्सुले सवारी साधन चलाउन झन् गाह्रो हुने गरेको छ । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढ्दै भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गर्दै आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend