२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु)

मंगलवार , माघ १, २०८१

काठमाडौं । आज मुलुकभर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संक्रान्ति मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो । उनीहरुले माघे संक्रान्तिलाई ‘माघे सकराति’ भन्ने गर्दछन् ।

माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा माघे संक्रान्ति पर्व मनाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ