२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

शुक्रवार , माघ ४, २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले रवि हिरासतमा रहेका बेला सुतिरहेको फोटो सार्वजनिक गरेका थिए ।

सहकारी वकिल कार्यालय कास्कीले हिजो मात्रै निकोलसविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट