सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सडक चेकिङ गर्दा चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

सडक चेकिङ गर्दा चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

चितवन । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए ।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ । सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ । उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend