२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

सोमवार , माघ ७, २०८१

काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरेको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

उक्त धरौटी बुझाएर जोशी रिहा भएका छन् ।

आज जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए ।

त्यस्तै, जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिलले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट