२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुप्रिम सहकारी ठगी प्रकरण : अदालतमा उपस्थित हुन रुपन्देही आए रवि

मंगलवार , माघ ८, २०८१

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आएका छन् ।

अदालतमा उपस्थित हुन उनी मंगलबार रुपन्देही आएका हुन् । लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा आएका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् ।

रविसँगै निकिता र केही केन्द्रीय नेता पनि पुगेका छन् । लामिछाने आज भैरहवा बस्ने छन् । उनी भोलि बुधबार अदालतमा उपस्थित हुने छन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यस्तै, कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट