logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश, परिवारको जिम्मा लगाइयो

    रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश, परिवारको जिम्मा लगाइयो

    3.5K
    Shares
    रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश, परिवारको जिम्मा लगाइयो

    काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ ।

    सभापति लामिछानेलाई अदालतले भोलि उपस्थित हुने शर्तमा परिवारलाई जिम्मा लगाएको छ ।

    न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसद्वारा भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो ।

    भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

    बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी आज अदालतमा उपस्थित भएका हुन् ।

    जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend