२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई धरौटीमा छाड्ने आदेश

बिहिवार , माघ १०, २०८१

विराटनगर । लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनी गत २५ पुसमा पक्राउ परेका थिए ।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट