सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सुप्रिम सहकारी ठगी प्रकरणमा रविको बहस सकियो, आजै आदेश आउने

सुप्रिम सहकारी ठगी प्रकरणमा रविको बहस सकियो, आजै आदेश आउने

बुटवल । सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतमा सभापति लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो ।

सभापति लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो ।

जिल्ला अदालत रुपन्देहीका अनुसार दुई पक्षको बहस सकिए र सवालजवाफ पनि सकिएकाले अब आदेश आउने छ ।

यससँगै अब न्यायाधीश योगीको इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गर्ने भन्ने मध्ये कुनै आदेश गर्नेछ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend