logo

२०८१ माघ १५ मंगलबार

logo
  • मंगलबार, १५ माघ २०८१
  • जाम्बियाद्वारा मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात

    जाम्बियाद्वारा मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात

    70
    Shares
    जाम्बियाद्वारा मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात

    जाम्बिया । जाम्बियाले मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात गरेको छ ।

    लुसाका प्रान्तको जाम्बियाको चिलांगा जिल्लामा देशको फस्फेट स्रोतहरूलाई उच्च–मूल्यको औद्योगिक र कृषि उत्पादनहरूमा रूपान्तरण गर्ने प्लान्टको निर्माणको अवसरमा एक शिलान्यास समारोह आयोजना गरिएको थियो ।

    एकीकृत फस्फेट उत्पादन प्लान्ट चीनको सिनो ग्रेट ग्रुप, यसको सहायक कम्पनी सिनो ग्रेट केमिकल कम्पनी लिमिटेड र जाम्बियाको वन्डरफुल ग्रुप अफ कम्पनीज लिमिटेड बीचको संयुक्त उद्यम हो ।

    यो प्लान्ट वन्डरफुल ग्रुपद्वारा स्थापित १ हजार हेक्टर औद्योगिक पार्क भित्र अवस्थित हुनेछ । ३४ करोड अमेरिकी डलरको लगानीमा परियोजनाको पहिलो चरणले एक पटक पूरा भएपछि वार्षिक २ लाख ५० हजार टन फस्फोरिक एसिड, ७ लाख ५० हजार टन जिप्सम र ३ लाख टन अमोनियम फस्फेट उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

    निर्माण अवधिमा, परियोजनाले २ हजार कामदारहरूलाई रोजगारी दिनेछ । जसमा १ हजार ६ सय प्रत्यक्ष रोजगारी र प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि १० हजार ५ सय अप्रत्यक्ष रोजगारी हुने अपेक्षा गरिएको छ ।

    कम्पनीले पूर्वी जाम्बियामा फस्फेट रक खानी विकास गर्ने र दिगो बिजुली आपूर्ति सुनिश्चित गर्न ४० मेगावाटको पावर प्लान्ट निर्माण गर्ने योजना पनि बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend