काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । उनले आज उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका हुन् ।
कास्की जिल्ला अदालतले रविलाई सहकारी ठगी सम्बन्धी मुद्दामा ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी सो धरौटी तिरेर थुनामुक्त भएका थिए ।
धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् । लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गर्न लागेका हुन् ।