२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईपिओ रोकिएको विषयमा विवाद भन्दापनि समाधान गर्न लाग्नुपर्छ : सभापति पोखरेल

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपिओ रोकिएको विषयमा विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफलगरी समाधान गर्न सकिने बताए।

‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनकोलागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सपापति पोखरेलले भने, ‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

डुबेका कम्पनीलेपनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिलेपनी विभिन्न ट्रेन्डकै अध्ययनगरी निर्णय गरेको हो।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट