२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मगर समुदायले मनाए ४३औँ राष्ट्रिय मगर एकता दिवस (तस्बिरहरु)

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरी दिवस धुमधामका साथ मनाएका छन् ।

“मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने हुदा मगर जातिको प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

सोहि अवसरमा काठमाडौँको टुडिँखेलमा परम्पराग पहिरनमा मगर समुदायका मानिसहरु भेला भई एक अर्कामा शुभकामना र रमाइलो गरि मगर दिवस मनाईएको छ ।

तस्बिर : नेपाल फोटो लाईब्ररी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ