२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बराह सहकारीको रकम अपचलन प्रकरणमा ८ जना कारागार चलान

बिहिवार , फाल्गुण २२, २०८१

विराटनगर । बराह ग्रुपअन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा ८ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश मुकेश उपाध्यायको इजलासले बुधबार थुनछेक बहसपछि ८ जनालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

त्यस्तै, अदालतले तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । पक्राउ परेकामध्ये जतनमाया विश्वकर्मा, विष्णुकुमारी तुलाधर, सरिता (कालीकोटे) विकलाई जनही पाँच लाख धरौटीमा छाड्ने आदेश भएको हो ।

बराह सकारीको पौने ११ अर्ब बचत अपचलन भएको छ । उक्त मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दामा अनुसन्धान गरिएको हो ।

यस प्रकरणमा जतनमाया विश्वकर्मा, सरिता (कालीकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), (फूलकुमारी) फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर गरी ११ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट