२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विधिवत रुपमा सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरु)

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो।

हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरंगी होली चीर ठड्याइएको हो।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिन्छ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए।

तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ