
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा अभियन्ता दुर्गा प्रसाईंले र्याली निकालेका छन् । प्रसाईं नेतृत्वको र्याली तीनकुनेबाट एयरपोर्टतर्फ लागेको हो ।
पूर्वराजा शाह आज पोखराबाट काठमाडौँ फर्किँदैछन् । पूर्वराजाका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् ।
समर्थकहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग गरेका छन् ।
तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend