२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तोसिमा कार्कीले जितिन् निर्वाचन आयोग विरुद्धको मुद्दा

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले निर्वाचन आयोग विरुद्धको रिटमा मुद्दा जितेकी छन् । सांसद डा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।

कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।

२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा। कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट