२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि ५ जना छानिए, बुधबार अन्तर्वार्ता

आइतवार , चैत्र २, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि आगामी बुधबार अन्तर्वार्ता हुने भएको छ ।

छनौट भएका पाँच जनाको आगामी बुधबार अन्तर्वार्ता हुने भएको हो । अन्तर्वार्ता अर्थमन्त्रालयमा हुने छ ।

अर्थमन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार व्यवसायिक कार्य योजना प्रस्तुतिकरणको लागि चुडामणी चापागाई, नारदकुमार लुईटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल छनौट भएका छन् ।

छनौट भएका पाँचै जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने कार्यतालिका रहेको हो । अन्तर्वार्ता र व्यवसायिक कार्य योजनानको प्रस्तुतीकरणका लागि आगामी बुधबार बिहान ७ बजे उनीहरुलाई बोलाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट