आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

पाँच कम्पनीको संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक, कुनको कति ?

पाँच कम्पनीको संस्थापक सेयर बेच्दै एनआइसी एसिया बैंक, कुनको कति ?

काठमाडौं । एनआइसी एसिया बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीहरुमा रहेको संस्थापक सेयर बिक्रीका लागि पटक पटक सूचना प्रकाशित गर्दै आएको छ । तर, अहिलेसम्म संस्थापक सेयर पुरै बिक्री भएको छैन् ।

गत मंसिर ४ गते बैंकले विभिन्न चार कम्पनीमा भएको संस्थापक सेयर बिक्री गर्न सूचना प्रकाशित गरेको थियो । खरिदका लागि धेरै आवेदन नपरेपछि बैंकले फेरी पाँच कम्पनीको सेयर बिक्रीको सूचना प्रकाशित गरेको छ ।

एनआइसी एसियाले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, सूर्यज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेड, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले विभिन्न पाँच कम्पनीको कूल १४ लाख ४६ हजार ९ सय २ कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।

बैंकले निफ्रामा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको छ । निफ्राको न्यूनतम सेयर मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँ तोकेको छ । निफ्राको सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यसैगरी सिटिजन इन्भेस्टमेन्टमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । सेयरको न्यूनतम मूल्य ६ सय ९६ रुपैयाँ तोकेको छ । सूर्यज्योति लाइफको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । यसको न्यूनतम् १ सय ५९ रुपैयाँ छ ।

यस्तै जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ४ सय ४२ कित्ता सेयर बेच्न लागेको हो । बैंकले जीवन विकासको सेयर मूल्य न्यूनतम ५ सय ४० रुपैयाँ तोकेको छ ।

सूर्योदय वोमीको ५९ हजार ६० कित्ता सेयर न्यूनतम् २ सय ५९ रुपैयाँ तोकिएको छ ।

पाँचवटै कम्पनीको सेयर न्यूनतम् ५ हजार कित्तादेखि सबै खरिदका लागि आवेदन दिन सक्ने निष्कासन तथा बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति यही चैत १० गतेलाई तोकिएको छ ।

सिटिजन्स इन्भेस्टमेन्टको सेयर बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले मात्र खरिद गर्न पाउने भएका छन । यस्तै निफ्रा, सूर्यज्योति र सूर्योदय वोमीमा योग्य लगानीकर्ताले संस्थापक सेयर किन्न पाउने बैंकले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend